काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपालको प्रतिष्ठित फेसन तथा लाइफस्टाइल कम्पनी के.टी.एम. सिटी (KTM CTY) बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले के.टी.एम. सिटीका देशभर रहेका १७ वटै आउटलेटमा पहिरन तथा कपडा खरिद गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
स्वास्थ्य, रेस्टुरेन्ट तथा सेवा क्षेत्रलगायत विभिन्न क्षेत्रका संस्थासँग सहकार्य गर्दै ग्राहकलाई थप सुविधा प्रदान गर्ने बैंकको रणनीतिअनुरूप उक्त सम्झौता गरिएको हो।
फेसन तथा लाईफस्टाइलको क्षेत्रमा निरन्तर नवीनता, गुणस्तर र ग्राहकहरुको बदलिँदो आवश्यकतालाई प्राथमिकतामा राख्दै आफ्नो पहिचान स्थापित गरेको के.टी.एम.सिटी (KTM CTY) नेपालमा अग्रणी पहिचान बनाउन सफल ब्रान्ड हो जसले स्र्पोट्सवेयर, ज्याकेट देखी अन्य पहिरनहरुको विक्री वितरण गदै आएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।



