नेप्से २१.३२ अंकले बढ्दा कारोबार रकम घट्यो, ४ अर्ब १३ करोडको सेयर किनबेच
काठमाडौं । सेयर बजारमा लगातार पाँचौँ कारोबार दिन पनि वृद्धि भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स ४.७९ अंकले बढेको छ । त्यस्तै, फ्लोट इन्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७१ अंकले बढेका छन् ।
नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा बुधबार ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यस दिन ३५४ वटा कम्पनीका १ करोड १६ लाख ७४ हजार कित्ता सेयर ३९ हजार १८३ पटकको कारोबारमा खरिदबिक्री भएका छन् ।
कुमारी बैंकको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा बुधबार कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । घलेम्दी हाइड्रोपावरको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ भने लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
एसबीएल डिबेञ्चरको मूल्यमा उच्च वृद्धि
यस दिन १०.७५ प्रतिशत एसबीएल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक १३.२१ प्रतिशतले बढेको छ । त्यस्तै, ७ प्रतिशत नेपाल एसबीआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।कारोबारमा आएको सगरमाथा जलविद्युत् कम्पनीको सेयरमूल्य भने सर्वाधिक ६.३२ प्रतिशतले घटेको छ ।
सबै उपसमूह हरियो
बुधबार नेप्सेका १३ वटै उपसमूहका परिसूचक बढेका छन् । बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशतले बढेको छ । विकास बैंक र निर्जीवन बीमा उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन् ।



