राष्ट्रिय सुरक्षा परिषद् बैठक बस्यो, सुनसरी घटनाको समीक्षा हुँदै

Headlines राजनीति

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ।

प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष वालेन्द्र शाह (बालेन)को आह्वानमा बसेको बैठकमा समसामयिक राष्ट्रिय सुरक्षा विषयमा छलफल भइरहेको छ।

बैठकको मुख्य एजेन्डा सुनसरी घटनाबारे समीक्षा र त्यससँग सम्बन्धित सुरक्षा अवस्थाको मूल्याङ्कन रहेको जनाइएको छ। साथै, देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे पनि विस्तृत छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय सुरक्षा परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति तथा रक्षासचिव सदस्य रहने संवैधानिक व्यवस्था छ।