काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ।
पार्टीको महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा उहाँले देशभरका महाधिवेशन प्रतिनिधिहरूबाट २,६०७ मत तथा प्रवासतर्फबाट ४९ मत प्राप्त गर्दै कुल २,६५६ मत हासिल गर्नुभएको हो। प्राप्त मतका आधारमा डा. वाग्ले केन्द्रीय सदस्यतर्फ सबैभन्दा लोकप्रिय उम्मेदवारका रूपमा उदाउनुभएको छ।
रास्वपाले अन्तिम मत परिणाम औपचारिक रूपमा सार्वजनिक गरेपछि डा. वाग्लेले पार्टीको उपसभापति पदका लागि उम्मेदवारी दर्ता गर्ने तयारी गर्नुभएको स्रोतले जनाएको छ।

पार्टीभित्र नीति, अर्थतन्त्र तथा सुशासनका विषयमा स्पष्ट धारणा राख्दै आएका डा. वाग्लेको उच्च मतसहितको विजयलाई रास्वपाको नेतृत्व तहमा उहाँको बढ्दो प्रभाव र लोकप्रियताको संकेतका रूपमा हेरिएको छ।
