लकडाउन जेठ २० गतेसम्म

विविध

२०७७ जेष्ठ ०४ : काठमाडौँ – सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ  । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको छ । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेको र २ जनाको मृत्युसमेत भएपछि सरकारले थप दुई हप्ता लकडाउन गर्ने निर्णय गरेको हो ।

भारत सरकारले पनि कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै देशमा चौथो चरणको लकडाउन १४ दिन बढाएको छ । त्यहाँको मन्त्रीपरिषद् बैठकले ३१ मे सम्मका लागि लगडाउन थपेको हो । लकडाउनको तेश्रो चरण आज सकिँदैछ ।