थप तीन जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या २ सय ९५

विविध

२०७७ जेष्ठ ०४ : काठमाडौँ – नेपालमा थप तीन जनामा कोरोना भाइरस  पुष्टि भएको छ ।  विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । धनकुटामा ३४ वर्षकी महिलामा संक्रमण पुष्टि भएकोछ । संक्रमित धनकुटाकी महिला स्वास्थ्यकर्मी रहेको सामाजिक विकास मन्त्री घिमिरेले पुष्टि गरे । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयले पनि आइतबार साँझ विज्ञप्ति निकालेर तीन जनामा स‌ंक्रमण पुष्टि गरेको छ ।