गरिमा विकास बैंक लिमिटेड लाई ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्ड

बैंक/वित्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ अवार्डबाट सम्मानित भएको छ ।

न्यू बिजनेस एज लिमिटेड द्वारा शुक्रबार काठमाडौंमा आयोजित ‘न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’को दशौं संस्करणमा गरिमा विकास बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

अवार्ड वितरण समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा आयोजक संस्थाको तर्फबाट विकास बैंकलाई सम्मान हस्तान्तरण गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार उक्त सम्मानले ग्राहकलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप ऊर्जा मिलेको जनाएको छ । साथै बैंकले ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय तथा शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेको छ ।
यसअघि पनि गरिमा विकास बैंकले विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको जनाएको छ । भारतीय चेम्बर अफ कमर्सद्वारा २०२५ जुन २९ मा आयोजित ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड’मा बैंकले ‘बेस्ट बैंक’ र ‘बेस्ट डिजिटल Implementation’ विधामा उत्कृष्टता हासिल गरेको थियो भने ‘बेस्ट SME Acceleration’ विधामा रनरअप बनेको थियो ।

त्यस्तै, Corporate Club Nepal द्वारा फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा पनि बैंक ‘HR Awards for Corporate Excellence २०२५’ बाट सम्मानित भएको जनाएको छ ।

हाल गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।