काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा नेपालको प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका छन् । बिहीबार बसेको न्याय परिषद्को बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि अघि सारेको हो ।
यो सिफारिससँगै नेपालको न्यायिक इतिहासमा नयाँ नजिर कायम भएको छ । यसअघि प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताक्रमलाई मुख्य आधार मानिने परम्परा रहँदै आएकोमा यसपटक रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीश शर्मा प्रधानन्यायाधीशका लागि सिफारिस भएका हुन् ।
यसलाई न्यायपालिकाभित्र परम्परागत वरिष्ठता प्रणालीभन्दा फरक अभ्यासका रूपमा हेरिएको छ ।

