काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढाइएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको जनाएको छ ।
निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । संशोधित मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेल तथा मट्टितेल १७२ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढिरहेको कारण देखाउँदै निगमले मूल्य समायोजन गरेको हो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति र मूल्य दुवै प्रभावित हुँदा निगमले पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको पनि जनाएको छ ।

