“ओली र लेखकमाथि अदालतको कडा निर्णय: थुनामा राखेर अनुसन्धान, अस्पतालमै बयान!”

Headlines राजनीति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले भने १० दिनको म्याद थप माग गरेको थियो । तर, ओलीको स्वास्थ्य अवस्था कमजोर रहेको र २४ घण्टा चिकित्सकको निगरानी आवश्यक पर्ने भएकाले शिक्षण अस्पतालमै राखेर बयान लिने प्रक्रिया अघि बढाइएको छ ।

भदौ २३ गते भएको गोलीकाण्ड प्रकरणमा ओली र रमेश लेखक दुवैले इन्कारी बयान दिएका छन् । उनीहरूले उक्त घटना स्थानीय प्रशासन ऐनभित्र पर्ने विषय भएको र राजनीतिक नेतृत्वको कुनै भूमिका नरहेको दाबी गरेका छन् ।