काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिले २ लाख ६५ हजार ९०५ जनाको मृत्यु भईसकेको छ भने ३८ लाख ४९ हजार २१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७४ हजार ८१३ जनाको मृत्यु भएको छ भने १२ लाख ६३ हजार ६९७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आजमात्रै अमेरिकामा १४ जनाको मृत्यु भएको छ भने ६०५ जना संक्रमित आज थपिएका छन् । त्यस्तै स्पेनमा आज २१३ जनाको मृत्यु भएको छ भने ३ हजार १७३ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २६ हजार ७० जनाको मृत्यु भएको छ भने २ लाख ५६ हजार ८५५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ६८४ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ४५७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै बेलायतमा अहिलेसम्म ३० हजार ७६जनाको मृत्यु भएको छ भने २ लाख १ हजार १०१ जनालाई संक्रमण भएको छ । त्यस्तै रुसमा आज मात्रै थप ८८ जनाको मृत्यु भएको छ भने ११ हजार २३१ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ अहिलेसम्म १ हजार ६२५ जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार १६० जनालाई संक्रमण भएको छ । त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार ८०९ जनाको मृत्यु भएको छ भने १ लाख ७४ हजार १९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार २७७ जनाको मृत्यु भएको छ भने १ लाख ६८ हजार २७६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज थप २ जनाको मृत्यु भएको छ भने ११४ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५८४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ३१ हजार ७४४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५८८ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार ६११ जनालाई संक्रमण भएको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६हजार ४८६ जनाको मृत्यु भएको छ भने १ लाख ३ हजार १३५ जनालाई संक्रमण भएको छ ।
ईरानमा आज मात्रै थप ६८ जनाको मृत्यु भएको छ भने १ हजार ४८५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै छिमेकी देश चीनमा ४ हजार ६३३ जनाको मृत्यु भउको छ भने ८२ हजार ८८५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज थप २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६३ हजार ४९६ जनालाई संक्रमण भएको छ भने ४ हजार २३२ जनाको मृत्यु भएको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ५३३ जनाको मृत्यु भएको छ भने ५४ हजार ८१७ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ७८७ जनाको मृत्यु भएको छ भने ५३ हजार ४५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ५८ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ २ जनाको मृत्यु भएको छ । त्यस्तै बेल्जियममा आज मात्रै ७६ जनाको मृत्यु भएको छ भने ६३९ जना संक्रमित आज थपिएका छन् ।
अहिलेसम्म त्यहाँ ८ हजार ४१५ जनाको मृत्यु भएको छ भने ५१ हजार ४२० जनालाई संक्रमण भएको छ । त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार २८८ जनाको मृत्यु भएको छ भने ४१ हजार ७७४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ८४ जनाको मृत्यु भएको छ भने आजै ४५५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ८०८ जनाको मृत्यु भएको छ भने ३० हजार १२६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ३ जनाको मृत्यु भएको छ भने आजै ६६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजा ६१८ जनाको मृत्यु भएको छ भने २९ हजार ४२० जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा आज १९७ जनाको मृत्यु भएको छ भने आजै १ हजार ६०९ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्स्किोमा अहिलेसम्म २ हजार ७०४ जनाको मृत्यु भईसकेको छ भने २७ हजार ६३४ जनालाई संक्रमण भएको छ । त्यस्तै पोर्चुगलमा अहिलेसम्म १ हजार १०५ जनाको मृत्यु भएको छ भने २६ हजार ७१५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १६ जनाको मृत्यु भएको छ भने आजै ५३३ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीको कारण अहिलेसम्म ३ हजार ४० जनाको मृत्यु भएको छ भने २४ हजार ६२३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ९९ जनाको मृत्यु भएको हो भने आजै ७०५ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै पाकिस्तानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५६४ जनाको मृत्यु भईसकेको छ भने २४ हजार ७३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै २० जनाको मृत्यु भएको छ भने ८५९ जना नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा आज १ हजार ६८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६३९ जना नयाँ संक्रमित थपिएका छन् ।
