संक्रमितको संख्या १ सय १

विविध

बिहीवार साँझ कपिलवस्तु जिल्लामा १६ र २२ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमित भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये हालसम्म २२ जना निको भएर घर फर्किएका छन् । साथै उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।