बाँके, वैशाख २१ गते । नेपालगन्जमा ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको दुई दिनपछि थप ९ जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा आइतबार पिसिआर चेकजाँमा थप ९ जनामा कोरोना भएको पुष्टि भएको हो । नयाँ सङ्क्रमितहरू पहिलो सङ्क्रमितका परिवारका सदस्य र आफन्त हुन ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका घरपरिवारका सदस्य लगायत ९० जनाको शनिवार स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये ३० जनाको परीक्षण गरिदा ९ जनामा कोरोना भएको पुष्टि भएको हो । भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईँका अनुसार शनिवार सङ्कलन गरिएको मध्ये ६० जनाको स्वाबको परीक्षण कार्य चलिरहेको छ ।
सङ्क्रमित भएकालाई खजुरास्थित आईसुलेसन अस्पतालको रूपमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लैजाने तयारी गरिएको छ । प्रहरीले पहिलो सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत चैत पहिलो साता सीमा पारी भारतको रुपैडिया–नानपारा पुगेर फर्केको पाइएको छ । प्रहरी श्रोतले भन्यो,–आप्mना बिरामी बुवालाई भेट्न पुगेका सङ्क्रमित लकडाउनको दुई दिन अघि मात्रै फर्किएको पाइएको छ ।
