वीरगञ्जका संक्रमित कोरोना प्रभावित गाउँमा राहत बाँड्न सक्रिय थिए

विविध

वीरगञ्ज , बैशाख २१ गते । आईतबार कोरोना संक्रमण देखिएका युवक वडामा राहत वितरण कार्यमा सक्रिय रहेकाले पनि उनको सम्पर्कमा आएकाहरुको कन्टयाक्ट ट्रेसिङमा समय लाग्ने बताईएको छ । राहत बाँडन गठित सर्वसदलीय समितिमा ति युवक सदस्य रही सक्रिय सहभागिता जनाएको वडा अध्यक्ष बैजुलाल स्वर्णकारले जानकारी दिनुभएको अस्पतालले जनाएको छ । वडा अध्यक्ष बैजुलाल स्वर्णकारको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको बताईएको छ ।

आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यसअघि वैशाख १७ मा वीरगञ्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा र वैशाख १४ मा पनि वीरगञ्ज १६ इनर्वाका ५५ वर्षीय तथा वीरगञ्ज ३ छपकैयाका ४९ वर्षीय गरी २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो भने गत चैत ३० मा वीरगञ्ज २ छपकैयाको मस्जिदमा बसेका तीन भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको थियो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैया एक युवकमा कोरोना पुष्टि भएसंगै स्थानीय प्रशासनले ति व्यक्तिका घर परिवारका १७ जना सदस्यहरुलाई अन्य कसैको सम्पर्कमा आउन नदिई घर नै सिल गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै स्थानीय प्रशासनले कोरोना संक्रमित भनिएका युवकको घर परिवारका १७ जना सदस्यहरुलाई अन्य मानिसहरुको सम्पर्कमा आउन नदिई घर नै सिल गरेको छ ।कोरोना संक्रमित पाईएपछि गत चैत ३० गते देखि नै सिल गरिएको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ३ हिजो शनिबारबाट खोलिएको थियो भने आईतबार फेरि संक्रमित देखिएपछि पुन सिल गर्ने तयारी गरिएको छ ।