काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्रीमा नियुक्त भएका छन्
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् ।नेपाली सेनाको पूर्वरथी रहेका शर्मा माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोनाका लागि मूख्य भूमिका खेलेका थिए ।
प्रधानमन्त्री कार्कीले आफूसँग रहेको परराष्ट्रमन्त्रीको जिम्मेवारी शर्मालाई दिएकी हुन् । त्यस्तै अझै कार्कीसँग प्रधानमन्त्रीसहित रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेकी छन् ।

आजै नवनियुक्त मन्त्री शर्माले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
