काठमाडौं । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज (शनिबार) औपचारिक घोषण सभा गरिँदैछ ।
घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले जानकारी दिए ।
जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा सभा गर्न लागिएको हो ।

घोषणा सभामा विभिन्न दलका नेताहरुलाई पनि आमन्त्रण गरिएको छ ।
जहाँ हजारौँको संख्यामा जेनजी र स्थानीयहरु उपस्थित हुने राष्ट्रिय परिवर्तन पार्टीको दाबी रहेको छ ।
