Prabhu Bank Bombshell: एक अर्ब ब्लास्ट, ९ करोड झ्वामको आरोप – रेमिट्यान्स चिफ अण्डर अरेस्ट!

बैंक/वित्त

काठमाडौँ,  प्रभु बैंकमा एकपछि अर्को नाटकीय खुलासासँगै बैंकिङ् काण्ड थप जटिल बन्दै गएको छ।

बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले बुधबार ललितपुर–११ बाट dramatic शैलीमा पक्राउ गरेको छ।

उनका विरुद्धको प्रारम्भिक अनुसन्धानमै एक अर्ब रुपैयाँभन्दा बढी बैंकलाई क्षति पुगेको तथ्य उजागर भएको छ।

CIB अनुसार शाक्यले नियमविपरीत सुपर एजेन्टलाई अग्रिम रकम छुट्याउँदै बैंकलाई करिब ९ करोड रुपैयाँ सीधा हानि पुर्‍याएको देखिएको छ। यससँगै बैंकको शीर्ष व्यवस्थापनमाथि पनि अनुसन्धानको घेरा कसािँदै गएको छ।

यसैबीच, प्रकाशित मिति २०८२ मंसिर २२, सोमबारकाे अर्को निर्णयले घटनालाई झनै गम्भीर बनाएको छ—
उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई ५ दिन थप थुनामा राख्न अनुमति दिएको छ।

यी तीनै जनामाथि बैंकलाई योजनाबद्ध रूपमा हानि–नोक्सानी पुर्‍याउने उद्देश्यले विभिन्न कम्पनीहरूको नाममा करोडौँ रकम अनियमित रूपमा कर्जा प्रवाह गरेको, कर्जाको दुरुपयोग भएको, र अपराध लुकाउन प्रयास गरेको आरोप छ।
CIB ले उनीहरूलाई प्रभु बैंकको केन्द्रीय कार्यालयमै छापामारी नाटकीय ढङ्गले पक्राउ गरेको थियो।

प्रभु बैंकको इतिहासकै ठूलो मानिएको यस काण्डले वित्तीय क्षेत्र एकाएक तातेको छ। अब थप अनुसन्धानबाट के–कस्ता नाम सतहमा आउँछन् भन्ने चासो झनै बढेको छ।

इन्स्टाखबर ले प्रभु ग्रुप, प्रभु बैंक तथा सीईओ) अशोक शेरचन तथा व्यस्थापनले बैंक भित्र चलाउदै आएको माफिया तन्त्रको भण्डाफोर गर्दै आएको थियो, हेर्नुहोस हाम्रा कभरेजहरु: