एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य

खेलकुद

काठमाडौं । पाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन जोड्यो ।

ओपनर आसिफ शेखले ४१ बलमा १ छक्का र ६ चौकासहित ५४ रनको उत्कृष्ट पारी खेले । उनले ३७ बलमै अर्धशतक समेत पूरा गरे । आसिफ र लाहिरु मिलनथाले पहिलो विकेटका लागि ३४ रन जोडे । तर पाँचौँ ओभरमा मिलनथा (७) र अनिल साह (०) आउट भएपछि जनकपुर दबाबमा परेको थियो।

मायान यादवले अन्त्यतिर अविजित ३४ रन जोडे भने समाराकुनले २२ रन थपे । काठमाडौँका बलर मिलिन्द कुमारले ४ ओभरमा १५ रन मात्र खर्चेर ३ विकेट लिए । करण केसी, साहद आलम र सन्तोष यादवले एक–एक विकेट हात पारे ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन् ।

जनकपुरको टोली
आसिफ शेख (मार्की), अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह,  तुलबहादुर थापामगर, मयन यादव, आदित्य महता, विकास अग्री, सचिन भट्टलाई, लाहिरु मिलन्था, वायने पार्नेल, इम्रान ताहिर, जान निकोल लोफ्टी इटोन, सञ्जय कृष्णमुर्ती

काठमाडौं गोर्खाज
करण केसी (मार्की) भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, बेन चाल्र्सवर्थ र सन्नी पटेल