१० वैशाख, काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ ।
नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ ।
समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी राखिएको बताए।

राजपाका नेता राजेन्द्र महतोले भोलि नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने बताए।
करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन्।


