बेलायतमा कोरोनाले एकैदिन ७ सय बढीको ज्यान गयो

विविध

कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म १ लाख ७९ हजार ८६६ जनालाई संक्रमण भएको छ भने ७ लाख ५ हजार ७५४ जना निको भएका छन् ।

त्यस्तै २५ लाख ८५ हजार ३९२ जनालाई संक्रमण भएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वमा ५७ हजार २०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसबाट ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म १८ हजार १०० जनाको ज्यान गएको छ भने १ लाख ३३ हजार ४९५ जनालाई संक्रमण भएको छ ।

आज मात्रै बेलायतमा कोरोना भाइरसको महामारीका कराण ७६३ जनाको ज्यान गएको थियो भने आज मात्रै त्यहाँ ४ हजार ४५१ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको छ । बेलायतमा मंगलवार मात्रै ४ हजार ३०१ जनालाई संक्रमण भएको थियो भने मंगलवार नै ८२८ जनाको ज्यान गएको थियो ।