राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्।
शनिबार बिहान जेन–जी प्रतिनिधिहरूसँग तय गरिएको छलफलपूर्व अस्वस्थ भएपछि सो कार्यक्रम दुई दिनका लागि सारिएको छ। त्यसपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
हाल उनको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ।

