अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु

अन्तराष्ट्रिय

काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ ।

सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए।

दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए।