महिला क्रिकेट उपकप्तान पूजा महतो अब ‘वीरा’ को ब्रान्ड एम्बेसडर

बजार

उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बासडर नियुक्त वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ ।

वीराले पूजालाई आजीवन ब्रान्ड एम्बासडर बनाएको हो । वीरा एजुकेसन कन्सल्टेन्सीले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पूजासँग सम्झौता गरेको हो । कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक रेश्मा महर्जन र पूजाबीच सम्झौता भएको थियो ।

सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनीष झा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, इक्यानका अध्यक्ष शेषराज भट्टराई लगायतको सहभागिता रहेको थियो । महिला सशक्तीकरणसँगै महिला क्रिकेटरका लागि वीरा एजुकेसन कन्सल्टेन्सीले साथ दिएको कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक रेश्मा महर्जनले बताईन । कार्यक्रममा बोल्दै राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान तथा वीरा एजुकेसन कन्सल्टेन्सीकी ब्रान्ड एम्बासडर पूजा महतोले महिला क्रिकेट खेलाडीले खासै अवसर नपाइरहेको अवस्थामा वीरा एजुकेसन कन्सल्टेन्सीले गरेको यो सम्झौता आफैमा ठूलो भएको बताईन ।

गत वर्ष पूजाको नेतृत्वमा नेपालले पहिलो आईसीसी यू–१९ विश्वकप खेलेको थियो । पूजा सम्मिलित नेपाली राष्ट्रिय टोली दुई महिनाअघि बैंककमा भएको छनोट चरण पार गर्दै विश्वकप छनोटमा पुगेको छ ।