जोखिम न्यूनिकरणको पूर्व तयारी अभियान अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स द्वारा सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण

बैंक/वित्त

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई  एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राजकुमार अर्यालले अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गर्नुभएको थियो  । उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल हलचोकका बरिष्ठ प्रहरी अधिकृत तथा कम्पनिका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत श्री कवी फुयाल र प्रमुख बजार अधिकृत गणेश चौलागाई समेतको  उपस्थितिमा उक्त हस्तान्रण कार्यक्रम सम्पन्न रहेको थियो ।

उक्त कार्यक्रममा  आफनो धारणा राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्याल ज्यू ले “सशस्त्र प्रहरी बल देशको विपद् व्यवस्थापन र उद्धार कार्यमा मुख्य भुमिकामा रहँदै आएको सुरक्षा निकाय हो र बीमा व्यवसाय नागरिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित छ, त्यसैले यस अभियानमार्फत विपद्पछिको मात्र होइन, पूर्व तयारीमा पनि सशक्त भूमिका खेल्नुपर्दछ  भनेर कम्पनीले आपतकालीन जोखिम व्यवस्थापनमा योगदान गर्ने उद्येश्यका साथ उक्त सामाग्री उपलब्ध  गरिएको जानकारी गराउनु भयो साथै भबिष्यमा आबश्यकता अनुसार सहकार्य  गर्दे जान सकिने जानकारी गराउनु भयो ।

सन नेपाल लाइफले १४२ शाखा तथा उप शाखा कार्यालयहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । शिक्षा, स्वास्थ्य र जोखिम व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरुमा पनि सामाजिक हितका कार्यक्रमहरुलाई  निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।