NRB Tightens Cheque Bounce Compliance: प्रमाणीकरण, नोटिफिकेसन र कम्प्लायन्स मापदण्डमा कडाइ

बैंक/वित्त

काठमाडौं खातामा रकम नपुगेर चेक बाउन्स भएको प्रमाणित गराउन अब चेकधारकले सम्बन्धित बैंकमा सक्कल चेकसहित निवेदन दिन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८१ संशोधन गर्दै चेक अनादरसम्बन्धी प्रक्रिया स्पष्ट पारेको हो।

नेपाल राष्ट्र बैंकले चेक अनादर (बाउन्स) प्रक्रियालाई थप स्पष्ट पार्दै ‘एकीकृत निर्देशन, २०८१’ संशोधन गरेको छ। संशोधित कार्यविधिअनुसार, अब खातामा रकम मौज्दात नभएको वा अपर्याप्त भएको अवस्थामा चेक बाउन्स प्रमाणित गराउन चेकधारकले निवेदन दिन सक्नेछन्।

केन्द्रीय बैंकले यस कार्यविधिलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ (दोस्रो संशोधन, २०८२) को दफा ३(क) र राष्ट्र बैंक ऐन, २०५८ को दफा १ को आधारमा निर्माण गरी लागू गरेको हो।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ (संशोधन २०८२) र राष्ट्र बैंक ऐन, २०५८ को आधारमा तयार कार्यविधिअनुसार,

  • बैंकले चेक फिर्ता गर्दा रकम अपर्याप्त भएको उल्लेख गर्नुपर्नेछ।

  • खातावालालाई ४५ दिनको सूचना दिई रकम सुनिश्चित गराउन बैंकले जानकारी दिनुपर्नेछ।

  • सो अवधिमा पनि रकम अभावकै कारण चेक अनादर भएमा तीन दिनभित्र बाउन्स प्रमाणपत्र दिनुपर्नेछ।

  • प्रमाणीकरणका लागि बैंकले कुनै शुल्क लिन नपाउने।

  • एकपटक प्रमाणित भएको चेकबाट भुक्तानी लिन नमिल्ने तर दुवै पक्ष सहमत भएमा फिर्ता लिएर भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।