रहेनन् पशुपति आर्यघाटका ‘वैद्य बा’

समाज

पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य बा ‘सुवर्ण वैद्य’को निधन भएको छ ।

सडक दुर्घटनामा परि घाईते हुनुभएका वैद्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यही असार ५ गते राती जय बागेश्वरीमा मचाः ती जात्रामा सहभागी वैद्य प्रसाद ग्रहण गरी निवास तर्फ जानेक्रममा ट्याक्सीले ठक्कर दिएको बताइएको छ ।

काठमाडौं महानगरपालिका वडा नं ८ का संस्कृतिविद, समाजसेवी, तथा पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका वैद्य, दुई पटक निर्वाचित वडा अध्यक्ष तथा राष्ट्रवादी नेवाः संगठनका सल्लाहकार समेत हुन् । वडाध्यक्ष हुँदा उनले पशुपति बहुमुखी क्याम्पस खोल्न पहल गरेका थिए ।

परिवारले नै आस मारिसकेका र धेरै मृत्यु भइसकेको भनेर जलाउन आर्यघाटमा ल्याइएका  व्यक्तिलाई आफ्नो आयुर्वेदको ज्ञान र अनुभवबाट उनले निको बनाइ घर पठाएका थिए । पशुपति आर्यघाटमा विगत तीन दशकदेखि उनले बिरामीको सेवा  गर्दै आएका थिए ।

०५२ बाट उनले ‘श्री पशुपतिनाथ आर्यघाट सेवाकेन्द्र’ सञ्चालनमा ल्याएका थिए । उनको ज्ञान ,शक्ति र क्षमता आधुनीक भनिएका पुस्ताले विश्वास गर्न समेत नसक्ने किसिमको देखिन्छ ।

हामीले एक होनाहार राष्ट्रवादी र विद्वान आयुर्वेदिक चिकित्सक गुमाएका छौं ।

हार्दिक श्रद्धान्जली