काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले विभिन्न आर्थिक दबाबका कारण कर्मचारीको तलब नबढाउने निर्णय गरेको जानकारी दिएका छन्।
बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले तलब वृद्धि सम्भव नभए पनि कर्मचारीको भत्ता भने वृद्धि गरिएको घोषणा गरेका हुन्। अब मासिक भत्ता पाँच हजार रुपैयाँसम्म पुर्याइने भएको छ।

