काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गरेका हुन्।
नयाँ बजेटमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत), पूँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८९ करोड (२०.८ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड (१९.१ प्रतिशत) विनियोजन गरिएको छ। यो बजेट साउन १ गतेदेखि लागू हुनेछ।

