काठमाडौं । सरकारले शिक्षित युवालाई लक्षित गरी बिना धितो २० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै २ देखि २० लाख रुपैयाँसम्मको कर्जा शिक्षित युवालाई उपलब्ध गराइने जानकारी दिएका हुन्।
उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यस कर्जामा ३ प्रतिशत मात्रै ब्याज लाग्नेछ। शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा पाइने व्यवस्था गरिएको छ।


