महिलाको नाममा व्यवसाय दर्ता र नवीकरण अब निःशुल्क

अर्थ समाचार

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि महिलाको नाममा दर्ता गरिने व्यवसायको दर्ता तथा नवीकरण शुल्क नलाग्ने घोषणा गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था लागू गरिने बताएका हुन्।

सरकारले पछिल्ला वर्षहरूमा महिलाको आर्थिक सशक्तीकरण र सम्पत्तिमा स्वामित्व वृद्धि गर्नका लागि कर नीतिहरू महिला अनुकूल बनाउँदै ल्याइरहेको छ। यो निर्णय पनि त्यही नीति निरन्तरताको एक अंश हो।