युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

विविध समाचार

काठमाडौं । आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्म जयन्ती उनको सम्झनामा मनाईंदैछ । वि.सं १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो ।  सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् ।

हरेक वर्ष जेष्ठ शुक्ल पञ्चमीका दिनमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मजयन्ती मनाउने गरिन्छ ।

सिद्धिचरणको मेरो प्यारो ओखलढुगां कविता त झन जन्मस्थल छाडेर बेग्लै कर्मस्थलमा आइपुगेका नेपालीहरुको जन्मस्थलको एउटा थेगो गान नै भएको छ ।

कविताको भावमा डुबेर छन्दहरु हुनु र नहुनुमा खासै फरक नपर्ने गरि मर्महरु थप्दै नारायण गोपालले दुरुस्तै गाएका छन्, यस कवितालाई गीतमा । ओखलढुगां र कवि श्रेष्ठ यति धेरै जोडिएका छन् कि ओखलढुगां र कटारी जोड्ने राजमार्ग पनि यिनै कविको संझनामा सिद्धिचरण राजमार्गका रुपमा नामाकृत गरिएको छ । भाग्यको लहरामा लहरिकन आफ्नो जन्मस्थान छाडेर अन्यत्र आएका नेपालीहरुको बेथाको समभाव छ यस कवितामा ।

नेपाली अनि नेवारी दुबै भाषामा उनका कविताहरु पाइन्छ, दुबै भाषाका प्रखर ज्ञान भएका युगकवि सिद्धिचरण श्रेष्ठ आफ्ना अभिव्यक्तिहरुमा समाजको बास्तविक चित्रण गर्न र सुधारवादी धारहरु ल्याउन तल्लिन देखिन्छन् । उनका कवितामा सबैको भलो होसर जय होस भन्ने भावहरु पाइन्छ, ।

आफ्नो कवितामा क्रान्ति भन्ने शब्द प्रयोग गरेकाले कवि श्रेष्ठलाई राणा शाषकहरुले १८ वर्ष जेल तोको थिए । पिताको किरियामा समेत उनलाई जेलनेलवाट मुक्त गरिएन ।

नेपाली भाषामा भने उर्बसी, मेरो प्रतिबीम्ब, आँशु, कोपिला, विश्व बेथा, मगंल मान, जुनकिरी, कुहिरो र घाम, बाचीरहेको आवाज, ज्यानमारा सैल, तिरीमिरीतन्त्र, वाली, भिमसेन थापा, युद्ध र शान्ति, आत्मा बिलौना, सिद्धिचरणका प्रतिनीधी कविता र सिद्धिचरणका जेल संझना पर्दछन् । नेवा भाषामा भने लुम्बीनी, तृष्णा, फुस्वाँ, सिस्वाँ, ग्वयस्वाँ, मुस्वाँ, सिद्धिचरण निवन्ध संग्रह र घाम आदि पर्दछन् ।

युगकवि सिद्धिचरण श्रेष्ठले रचना गरेको उत्कृष्ट कविता

तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा!
जब म चढेर भावको डुंगा
सैर गर्छु स्मृतिको प्रिय गंगा
स्वप्न गगनबाट सुशीतल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुंगा!
कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति
मृग सावकहरू उफ्री-उफ्री
अरु लतिकाहरू हल्ली-हल्ली
मेरो प्यारो ओखलढुंगा!
ती अविरल परिश्रमी पतकार
द्रुतगामी निर्झर तुल्य चपल
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ
मेरो प्यारो ओखलढुंगा!
तामाकोसी त्यो सुनकोसी
त्यो गिरी फोरी बहने रोसी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुंगा!
भाग्य लहरमा लहरी लहरी
पुगें म यस मरूस्थलमा कसरी
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि !
मेरो प्यारो ओखलढुंगा!