भारतको इन्डसइन्ड बैंकलाई एकै त्रैमासमा २३२९ करोड घाटा, बैंकिङ संकटको संकेत?

अन्तराष्ट्रिय समाचार

एजेन्सी — भारतको निजी क्षेत्रको प्रमुख बैंक इंडसइन्ड बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मार्च त्रैमासमा २३२९ करोड रुपैयाँको नेट लस बेहोरेको छ। यो घाटा बैंकको हालसम्मकै सबैभन्दा ठूलो त्रैमासिक घाटा हो।

बैंकले भविष्यका जोखिम र आपतकालीन अवस्थाका लागि छुट्याइएको रकमका कारण घाटा भएको बताएको छ। यससँगै बैंकको नेट इन्ट्रेस्ट इनकम ४३% ले घटेर ३०४८ करोडमा झरेको छ भने अन्य आम्दानी पनि ७२% ले घटेर ७०९ करोडमा सीमित भएको छ।

बैंकको एनपीए ३.५३% पुगेको छ भने नेट एनपीए ०.५% मा सिमित भएको छ। डिपोजिटमा वार्षिक ७% वृद्धि देखिए पनि त्रैमासिक आधारमा गिरावट आएको छ।

अर्को तर्फ अडिटमा देखिएको अनियमिततापछि बैंकको शेयर मूल्य तीन महिनामा २६% घटिसकेको छ।