प्रधानमन्त्री ओली अस्वस्थ, संसदको प्रश्नोत्तर कार्यक्रम स्थगित

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। प्रधानमन्त्री ओलीलाई हिजो साँझदेखि रुघाखोकी लागेपछि स्वास्थ्यमा केही समस्या देखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हिजो काठमाडौँमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले आफू अस्वस्थ रहेको जनाउँदै छोटो सम्बोधन गरेका थिए। स्वास्थ्यमा आएको समस्या पछि आजका लागि तय भएका सबै कार्यक्रम, जसमा प्रतिनिधिसभामा हुने प्रश्नोत्तर कार्यक्रम समेत रहेका थिए, स्थगित गरिएको हो।

सभामुखको सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नभएकोले आजको बैठकको कार्यसूचीबाट प्रश्नोत्तर कार्यक्रम हटाइएको जानकारी दिएको छ।