नुनको कारोबार निजी क्षेत्रलाई खुला नगर्न कांग्रेसको चेतावनी

अर्थ आर्थिक राजनीति समाचार

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नुनको कारोबार निजी क्षेत्रलाई खुला गर्न लागेको योजनाप्रति नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ। कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभाग प्रमुख गुरु बरालद्वारा जारी विज्ञप्तिमा आम नेपालीलाई सर्वसुलभ मूल्यमा नुन आपूर्ति भइरहेको अवस्थामा निजी क्षेत्रलाई नुनको कारोबार दिनु उपयुक्त नहुने उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपालीको स्वास्थ्य र आर्थिक हितलाई ध्यानमा राखी नुनको आपूर्ति व्यवस्था अहिलेकै अवस्थामा राख्नुपर्ने जनाइएको छ ।

यसअघि राष्ट्रिय उपभोक्ता मञ्चले पनि नुनको कारोबार खुला गर्ने सरकारी योजनाको विरोध गरेको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगी मोतिलाल दुगडको प्रभावमा परी नुनको कारोबार निजी क्षेत्रलाई दिन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएको आरोप लागेको छ। दुगडले अघिल्लो कार्यकालमा आपूर्ति राज्यमन्त्री हुँदा पनि नुनको कारोबार निजी क्षेत्रलाई खुला गर्ने नीति ल्याएका थिए, तर चौतर्फी विरोधका कारण त्यो लागू हुन सकेको थिएन।

कांग्रेसले सरकारलाई नुनको आपूर्ति व्यवस्थामा वर्तमान प्रणालीलाई कायम राख्न र आम नागरिकको हितमा निर्णय लिन आग्रह गरेको छ।

नुनका सोझा नेपालीहरु माथि, पुन: नुन माफियाको गिद्धेदृष्टी

नुनका सोझा नेपालीहरु माथि, पुन: नुन माफियाको गिद्धेदृष्टी