ग्लोबल आइएमई बैंकको ‘ह्याकाथन’ कार्यक्रम सम्पन्न

अर्थ बैंक/वित्त

ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन टोली तथा विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता संचालन गरेको हो ।

यस प्रतियोगितामा २१ टोलीहरुलाई अनलाइन पेपर प्रिजेन्टेशनका लागि छनौट गरीएको थियो । प्रतियोगि टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगञ्ज, काभ्रे, धरानबाट सहभागि भएका थिए ।

प्रतियोगितामा टिम क्याल्कुलसले पहिलो पुरस्कार जित्दै रु १ लाख प्राप्त गर्न सफल भयो। अन्य विजेता टोलीहरू:

  • डब्लुडीके (WDK) – दोस्रो पुरस्कार, रु ७५ हजार

  • लार्के पास – तेस्रो पुरस्कार, रु ५० हजार

  • टिम जनकपुर र टिम फ्रडेक्स – क्रमशः चौथो र पाँचौं पुरस्कार, रु १५–१५ हजार

  • डिजीविट्स (Digibits) – “बेष्ट प्रिजेन्टेसन” विधामा रु १५ हजार पुरस्कार

पुरस्कारहरू कार्यक्रमका प्रमुख अतिथि डेपुटी गभर्नर मिश्रले हस्तान्तरण गर्नुभयो। उहाँले नेपालको इतिहासमा पहिलो पटक एआई/एमएल ह्याकाथन आयोजना गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले युवाहरूलाई प्रविधिमा आधारित नविनतम सोच र सेवामा योगदान गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बैंकका सीईओ सुरेन्द्रराज रेग्मीले यो ह्याकाथनले डिजिटल बैंकिङको सम्भावित सेवा तथा चुनौती समाधानमा सहयोग पुर्‍याउने जानकारी दिए । साथै, उत्कृष्ट टोलीहरूसँग भविष्यमा सहकार्य गर्ने बैंकको योजना रहेको पनि बताए ।

बैंकले प्राविधिक रूपले सशक्त वित्तीय सेवा प्रवर्द्धन गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै, यस्ता प्रतियोगिताले डिजिटल बैंकिङलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतियोगिता दुई चरणमा सम्पन्न भएको थियो – पहिलो चरणमा कोडिङ र प्रोजेक्ट प्रस्तुति, दोस्रो चरणमा अनसाइट ह्याकाथन। सहभागी टोलीहरूले बैंकको वेबसाइटमार्फत आवेदन दिएका थिए।

ग्लोबल आइएमई बैंक हालसम्म ग्लोबल फाइनान्स बेष्ट बैंक अवार्ड २०२४ र युरोमनी एक्सलेन्स अवार्ड २०२४ सहितका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू जितिसकेको नेपालकै अग्रणी निजी क्षेत्रको वाणिज्य बैंक हो।  देशभर ३५४ शाखा, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व काउन्टर र ३ वटा विदेशी प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।