पत्रकार सुरेश रजकको निवासमा शुभेच्छुक र विशिष्टहरु

विविध समाज

राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनका क्रममा चैत्र १५ गते शुक्रबार काठमाडौँको तीनकुनेमा आगो लगाएर हत्या गरिएका पत्रकार सुरेश रजकका शोकमा रहेका परिवारलाई शान्तवाना दिन शुभेच्छुकदेखि विशिष्ट व्यक्तिहरुको भीड देखिएको छ ।

ताहचलस्थित निवासमा किरियामा बसेका आफन्त र परिवारजनलाई समवेदना प्रकट गर्न र मृतक रजकप्रति श्रद्धान्जली व्यक्त गर्न विशिष्टहरुको भीड लाग्ने गरेको छ । आइतबार पनि कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरु रजक निवास पुगेका छन् ।

शुभेच्छुकहरुले रजकको परिवारलाई उचित क्षतिपूर्ति तथा मृतक रजकलाई सहित घोषणा गर्नुपर्ने माग समेत गरिरहेका छन् । उक्त प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका रजकको पोस्टमार्टम जलेर मृत्यु भएको पुष्टि भइसकेको