जनसवाल राष्ट्रिय दैनिक र काठमाडौ जेसीजबीच सहकार्य

समाचार

युवाहरूको नेतृत्वसहित व्यक्तित्व र उद्दमशिलता विकासमा काम गर्दै आइरहेको काठमाडौ जेसीज र  जनसवाल राष्ट्रिय दैनिक बीच युवाहरूको क्षमता अभिवृद्धि गर्ने लगाएतका विविध विषयमा सहकार्य गरिएको छ ।

बुधबार दरवारमार्गस्थित जनसवाल राष्ट्रिय दैनिकको मुख्य कार्यालयमा आयोजित एक समारोहमा सहकार्य साझेदारी सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगाले र काठमाडौ  जेसीजको अध्यक्ष श्याम घिमिरेले हस्ताक्षर गरेका थिए । सम्झौता समारोहमा काठमाडौ जेसीजका महासचिव नबराज भन्डारी,जनसवाल राष्ट्रिय दैनिकका नमराज सापकोटा सहितको सहभागिता रहेको थियो ।

युवासँग सहकार्य गरेर पछिल्लो समय जनसवाल राष्ट्रिय दैनिकले धेरै राम्रो काम गरिरहेकोले जनसवालराष्ट्रिय दैनिकसङ्ग सहकार्य गरेको काठमाडौ  जेसीजका अध्यक्ष श्याम घिमिरेले बताए । उनले काठमाडौ जेसीज पनि युवाहरूकै संस्था भएको र बिगत ५५ वर्षको गर्बिलो ईतिहास बोकेको संस्था हुनाले उनीहरूका लागि नै काम गरिरहेको जनसवाल राष्ट्रिय दैनिकसँग सहकार्य गरेको बताए । काठमाडौ जेसीजमा हाल सयौं  युवाहरू सदस्य रहेका छन् ।

युवाहरूसँग सहकार्य गरेर मिडिया हाउसका रूपमा हामीले विविध विधामा काम गरिरहेका युवालाई मिडियासँग जोड्न काठमाडौ जेसीजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा सम्पादक रामजी बगालेले बताए । उनले यो अभियानलाई नेपाल बाहिर रहेका लाखौ नेपालीमाझ पनि लैजाने बताए ।

काठमाडौ जेसिजका  महासचिव भन्डारीले युवाहरुलाई ब्याबसायी मैत्री बनाउन र नेपालमै युवाहरुलाई रोजगारी दिलाउदै बिदेश पलायन हुन बाट रोक्न आफुले पहल गरेको बताए ।