‘मिस युनिभर्स २०२३’ सेनिस पलासियोस नेपालमा

मनोरंजन

‘मिस युनिभर्स २०२३’ निकारागुआकी सेनिस पलासियोस नेपाल आएकी छिन् । केहीबेरअघि उनी अन्तर्राष्ट्रिय विमानस्थल अवरण गरेकी हुन् ।

एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीलाई पछि पार्दै २३ वर्षीया पलासियोसले ७२औँ मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।

शुक्रबार साँझ होटल यक एण्ड यतीमा मिस युनिभर्स नेपाल २०२४ को लागि क्राउन अनावरण गर्ने कार्यक्रम तय भएको छ । जसमा पलासियोमले सहभागी जनाउने छिन् ।

मिस युनिभर्स नेपाल २०२४ को फाइनल आगामी नोभेम्बरमा हुँदैछ । अमेरिकाको एल साल्भाडोरमा भएको ‘मिस युनिभर्स २०२३’ मा निकारागुआकी शेनिसले उपाधि जितेकी थिइन् ।

मिस युनिभर्स नेपाल २०२३ की दीपिका जैन ग्यारेटले पनि मिस युनिभर्समा प्लस साइजकी प्रतिस्पर्धीको रुपमा चर्चा बटुलेकी थिइन् ।