पानीको बहाब बढ्दा कुलेश्वर फलफूल बजार र सुकुम्बासी बस्ती डुबानमा

समाचार

गएरातिदेखि परेको भिषण वर्षाले बागमती नदीको बहाब बढ्दा कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ। काठमाडौ महानगरपालिका वडा नम्बर १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) पानी पसेको छ।

बल्खु तरकारी बजारको उत्तरी भागमा पानी पस्न सुरु गरेको र दक्षिणी भागमा पानी पसिसकेको  काठमाडौं महानगरपालिकाका नगर प्रहरीले जानकारी दिएको छ ।