यात्रुका टाउकोमा जुम्रा : विमानको आपत्‌कालीन अवतरण

अन्तराष्ट्रिय

अमेरिकामा जुम्राका कारण विमानलाई आपतकालीन अवतरण गरिएको छ । लस एन्जलसबाट न्यूयोर्क जाँदै गरेको विमानमा एक यात्रुको कपालमा जुम्रा भेटिएपछि आकस्मिक अवतरण गरिएको न्युज हेराल्डले जनाएको छ । ती व्यक्तिको टाउकोमा भएको जुम्रा उनको छेउमा बसेका यात्रुको टाउकोमा पनि पसेको थियो । यी यात्रुहरूले उडानको बीचमा हंगामा मच्चाएका थिए। यही कारणले विमानको आपतकालीन अवतरण गराइएको समाचारमा उल्लेख छ । घटना जुन महिनाको हो, जसको विवरण अहिले बाहिर आएको छ । टिकटक कन्टेन्ट क्रिएटर इथान जुडेल्सनले यो घटना सुनाएका छन् ।