मौद्रिक नितीले केही सहजता अवस्य प्रदान गर्नेछ : गभर्नर महाप्रसाद अधिकारी

अर्थ

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले माहौल बनाउने काम गर्ने मात्र हो, यसको लागी देशको अन्य पोलिसी व्यवस्थाको समेत महत्वपूर्ण भूमिका रहने बताएका छन् ।  पूँजी व्यवस्थापन गर्न खोजेको तथा १२.५ % ले कर्जा प्रवाह हुने गरि मौद्रिक नीतिले सहयोग गर्ने अधिकारीले  बताएका छन् । ब्याजदर मार्केटले नियन्त्रण गर्ने भन्दै गभर्नरले अहिलेको लचिलो मौद्रिक नीतिले कुनै एक्सिडेण्ट त निम्त्याउने हैन भन्ने प्रश्नमा यसको लागि सेबोन लगायत सरोकारवाला सबै सजग हुनु पर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने बताएका हुन् ।

उनले भने, ‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिने छ।’

यद्यपी व्यक्तिगततर्फ लागू १५ करोडको सीमा भने नहटाइएको उनको भनाई छ ।

केन्द्रीय बैंकले धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको बताएको छ ।

यो पनि पढ्नुहोस् :

२०८१/८२ को मौद्रिक नीति सार्वजनिक

के लचिलो मौद्रिक नीतिले सुधार्ला नेपालको पेचिलो अर्थव्यवस्था ?