साँझ ५ बजे पुनः सपथ लिंदै बादल

राजनीती

रामबहादुर थापा ‘बादल’ ले आज साँझ पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पद पदमुक्त भएका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा पद तथा गोपनियताको शपथ लिने तय भएको छ ।

सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्न लागेका हुन्।

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी नेता थापा एमाले प्रवेश गरेका थिए।
नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो। सोही अनुसार आजै संसद सचिवालयले आइतबार थापाको पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो।

पद गुमेपछि थापाले पुनस् मन्त्री बन्न संविधानअनुसार सपथ लिन लागेका हुन् ।