पूर्वराजा शाहलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत

राजनीती

कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । आज छन् ।१० दिन लामो भारत भ्रमण सकेर फर्किएका शाहलाइ त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा ठूलो भीड जम्मा भएको छ । विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइदिए । विमानस्थलभित्र पञ्चेवाजासमेत घन्काइएको छ । समर्थकहरूले राजसंस्थाको समर्थनमा नारावाजी गरेका छन् ।