मन्त्रीबाट हटाइए लगत्तै गोकर्ण विष्टले फेसबुकमा यस्तो लेखे

विविध

आम जनतामा राम्रो छाप छोड्न सफल भएका  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  गोकर्ण विष्ट मन्त्री पदबाट हटाइएपछि आफूले मन्त्री हुँदा ज्यामी माहुरीले झैं काम गरेको  बताएका छन् ।

मन्त्री पद खोसिए लगत्तै फेसबुकमा  स्टाट्स  लेखेका  छन् – “जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !