
(तस्बिर सौजन्य : लिपी गुठि फेसबुक पेज )
शनिबार काठमाडाैंको वसन्तपुरमा रञ्जना लिपि प्रवर्द्धनका लागि एक कार्यक्रम नै चल्यो, ‘लिपि नखः’ अर्थात् लिपिको पर्व। नेपाललाई देशको मान्यता दिलाउन प्रयोग भएको लिपि हो रन्जना लिपि , विभिन्न लिपिका धनी नेवाः समुदाय रञ्जना लिपिलाई आफ्नो गाैरव मान्छन्। रञ्जना लिपि प्रयोग गर्ने कलाकार र रञ्जना लिपि अभियन्ताहरूले विभिन्न आकर्षक डिजाइनका साथ शनिबार कलाकाैशल प्रदर्शन गरे। रञ्जना लिपिलाई कुटाक्षर लिपिको शैलीमा उतारे, केही कलाकारहरूले। कुटाक्षर लिपिमा अक्षरहरू तेर्सो नलेखी ठाडो लेखिन्छ। विशेषतः मन्त्रहरू कुटाक्षर लिपिमा लेख्ने चलन छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आएका काठमाडाैंका मेयर विद्यासुन्दर शाक्यले पनि रञ्जना लिपिमा आफ्नो नाम लेखे र वसन्तपुरमा राखिएका स्टलहरूमा रञ्जना लिपिका डिजाइनबारे बुझ्न तम्सिए। रञ्जना लिपिकै प्रयोग गरी मुखाकृति लगायतका चित्र बनाए कलाकारले। लिपि नखःकै कार्यक्रममा ‘सेभ नेपाः भ्याली’ अभियन्ताहरू पनि रञ्जना लिपिमा आफ्नो उपस्थिति देखाएका थिए ।

