
डेनमार्कका प्रधानमन्त्री लार्स लोकी रास्मोशेनले आफ्नो कार्यकालको ३ बर्ष ३ सय ६४ दिन पुगेपछि प्रधानमन्त्री निवास छाडेका छन् । यसै अवसरमा पुर्वप्रधानमन्त्री लार्सले ४ वर्षसम्मका सहयात्री र सहयोगीहरुलाई धन्यवाद दिए । कार्यकाल सक्किएपछि निवास छाडेका लार्सले एउटा सामान्य झोला मात्र बोकेर बाहिरिए । सामान्य रुपमा निवास छोडेर बाहिर निस्केको तस्विर उनले सामाजिक संजाल फेसबुकमा समेत राखेका छन् ।सामाजिक संजालमा उनले राखेको तस्वीर केही समयमै भाइरल बनेको छ । निकै सरल तरिका र सुरक्षाकर्मीको साथबिना नै प्रधानमन्त्री जस्तो व्यक्ति सामान्य ढंगले निवासबाट बाहिरिएको भन्दै चौतर्फी चर्चा भएको छ ।डेनमार्कका लागि २५ औँ प्रधानमन्त्री लार्सको कार्यकाल सक्किएपछि नयाँ प्रधानमन्त्रीको रुपमा मेट फ्रेडरिकसन नियुक्त भएका छन् । उनि डेनमार्कको सोसल डेमोक्रेट्स पार्टीका तर्फबाट २६ औँ प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
एजेन्सी

