
चिनिया मोबाईल निर्माता कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउने भएको छ । गुगलले हुवावेसँग एन्ड्रोईड प्रयोगका विषयमा गरेको सम्झौता खारेज भएसँगै हुवावेले आफ्नै अपरेटिङ सिस्टम बनाउन लागेको हो । प्रतिबन्ध अगाडीसम्म हुवावे गुगलको एन्ड्रोईड सिस्टम नै प्रयोग गर्दै आएको छ ।आफ्नै अपरेटिङ सिस्टम बनाउने भएपछि प्रविधि बजारमा एन्ड्रोईडको एकक्षत्र राजको युग सकिने आशंका गरिएको छ । अहिले विश्व बजारमा आईओएस र एन्ड्रोईडको बाहुल्यता छ । ग्लोबल टाईम्सको समाचार अनुसार हुवावेले ओपन सोर्समा आधारित अपरेटिङ सिस्टम बनाउने निर्णय गरेसँगै गुगल त्रसित भएको छ ।
हुवावेको यो नयाँ अपरेटिङ सिस्टम यही वर्षको अगस्ट वा सेप्टेम्बरमा सार्वजनिक हुने बताइको छ । हुवावेले निर्माण गर्न लागेको सिस्टमलाई चीनमा होङमेङ नाम दिईएको छ । हुवावेको एन्ड्रोईड लाईसेन्स गत महिना खारेज भइसकेको छ । लाईसेन्स खारेज गरिए पनि सम्झौताका लागि भन्दै ९० दिन थप गरिएको छ । हुवावेसँगको सम्बन्ध विच्छेदले गुगलका ७० देखि ८० करोड प्रयोगकर्ता घट्ने आकलन प्रविधि बजारमा गरिएको छ । चिनिया सञ्चारमाध्यमका अनुसार हुवावेले निर्माण गरिएको अपरेटिङ सिस्टमको परीक्षण पनि गरिएको छ । परिक्षणमा हुवावेको अपरेटिङ सिस्टम एन्ड्रोईडभन्दा ६० प्रतिशत तिव्र गतिमा चलेको बताइएको छ ।हुवाले निर्माण गर्न लागेको अपरेटिङ सिस्टम सूचना प्रविधिका क्षेत्रमा पूर्ण नयाँ हुने हो वा होइन भन्ने विषय अझै बाहिर आएको छैन ।

चाइना साउथ मर्निग पोष्टका अनुसार हुवावेले विकास गर्न लागेको सिस्टम हुवावे बाहेकका अन्य एन्ड्रोईड फोनमा पनि चलाउन सकिनेछ । हुवावेले निर्माण गरेको सिस्टम अन्य चिनियाँ स्मार्टफोन निर्माताहरुले समेत प्रयोग गरेमा स्मार्टफोन अपरेरिङ सिस्टमको बजारमा एन्ड्रोईडको वर्चश्व कम आकलन गरिएको छ ।
एजेन्सी
