संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इण्डिया एक्सप्रेसको विमान दुर्घटनामा परेको छ। आज राति केरला राज्यको कोझिकोड विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो।
रनवेबाट चिप्लिएको जहाज दुई टुक्रा भएको छ र आगलागी पनि भएको हिन्दूस्तान टाइम्सले जनाएको छ। घटनालगत्तै १० भन्दा धेरै एम्बुलेन्स त्यहाँ पुगिसकेका छन्। केरलको कोनडोट्टी प्रहरीका अनुसार दुबईबाट आएको एअर इन्डिया फ्लाइट (IX-1344) अवतरणका क्रममा त्यहाँको समयअनुसार सात बजेर ४५ मिनेटमा दुर्घटना भएको हो। क्षतिको विवरण अझै आइसकेको छैन। विमानमा चालक दलका सदस्यसहित १९१ जना थिए।

