‘सटडाउन’ भनेको ‘लकडाउन’ होइन : बुझ्न जरुरि

विविध

उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले साउन २५ गतेदेखि आइतबारदेखि विभिन्न सेवा कटौती गरेका छन् ।  आम सर्वसाधारणमा भने ‘सटडाउन’ भनेको ‘लकडाउन’ भनेर हल्ला ब्याप्त छ। तर ‘सटडाउन’ भनिएको वास्तवमा यी कार्यालयले दिने विभिन्न सेवा (निस्चित बाहेक) केहि समयलाई बन्द हुनु हो। जिल्ला प्रशासन कार्यालयले आफूले प्रदान गर्ने सेवाहरुमात्रै कटौती गरेका हुन् । प्रशासन कार्यालयले दिने नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता तथा नवीकरण, राहतदानी वितरण, नाबालिग परिचयन पत्र वितरणजस्ता सेवा बन्द गरिएका छन् । तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक सवारी पास र विपद् सम्बन्धी कार्य भने यथावत् रहन्छन् ।आफ्नो कार्यालयको चाप घटाउन प्रशासन कार्यालयहरुले यस्तो निर्णय गरेका हुन् । अन्य कार्यालयले भने आफ्ना सेवा कटौतीबारे निर्णय स्वयं आफै गर्नेछन् । नागरिक सचेत हुने, स्वास्थ्य सजगता नअपनाउने हो भने लकडाउनको अवस्था आउन सक्छ ।