गुठी विधेयक विरुद्ध माइतीघरमा मानव सागर

विविध

चौतर्फी आलोचनापछि फिर्ता भएको गुठी विधेयक विरुद्ध बिशाल जनप्रदर्शन भएको छ। जनप्रदर्शनमा गुठि बिधेयक फिर्ता हैन खारेज गर्नुपर्ने माग चर्को रुपमा उठाइएको छ । राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको छ । जुलुसमा सहभागिहरुले सरकारविरुद्ध चर्को नाराबाजी लगाएका छन् भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका छन् । सरकारले मंगलबार विधेयक फिर्ता लिएको बताएपनि सरकारलाई खबरदारी गर्न भन्दै गुठीयारहरुले जनप्रदर्शन गरेका हुन् । उनीहरुले सरकार नेवार संस्कृति मास्न सरकार लागिपरेको समेत आरोप लगाएका छन् । शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको छ ।